बोदेबरसाईन। खडक नगरपालिकामा मेयर जय प्रकाश चौधरीका विवादास्पद निर्णय र हटका कारण जेष्ठ नागरिकले समाजिक सुरक्षभत्ता तथा कर्मचारीहरुले तलब प्राप्त गर्न सकेको छैन।
असोज २ गते नगरपालिकाको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा नगरसभाको सक्कल प्रतिलिपि हराएको बताउँदै, कार्यालयभित्र रहेको प्रतिलिपिलाई प्रमाणित गरि तलब वितरण गर्ने निर्णय गरेको थियो। तर, नगर प्रमुख चौधरीले सो निर्णयलाई नकारात्मक तरिकामा प्रस्तुत गर्दै तलब दिन समस्या छ भन्ने सन्देश फैलाई रहेका छन्।
यता मेयर चौधरीले सामाजिक संजालमा कार्यपालिकाको निर्णयलाई अन्यथा प्रस्तुत गर्दै जनतालाई भ्रमित गरिरहेको छ।
“नगरपालिकाको कार्यपालिका निर्णयमा स्पस्ट उल्लेखित छ कि प्रतिलिपी प्रमाणित गरिनेछ, तर मेयरले यसलाई नजरअन्दाज गरेका छन्।
मेयरको व्यवहारले नगरपालिकाभित्रका कर्मचारीहरुको मनोबलमा नकारात्मक असर पारिरहेको छ।संगै कार्यपालिका बैठक हस्य बनेको छ।
कार्यपालिकका सदस्यहरुले पनि यस्ता निर्णयहरुलाई नकारात्मक रूपमा लिएका छन्। “हाम्रो सेवामा संलग्न कर्मचारीहरुलाई तलब दिनु पर्ने हो, मेयरको निर्णयमा निरन्तरता हुनुपर्छ,” वडा अध्यक्ष देव नारायण चौधरी थारूले भने ।
खडक नगरपालिकाको यो विवादले कार्यपालिकाको प्रभावकारिता बीचका असमानता उजागर गरेको छ। यसले नगरपालिकाको समग्र कार्यप्रणालीमा सुधार गर्न चुनौती थपिएको छ।
प्रतिक्रिया