logo
  • २०८३ बैशाख ३ | Thu, 16 Apr 2026
  • आजको यथार्थ

    आजको यथार्थ

    आजको यथार्थ

    खगेन्द्र दाहाल

     

    हुक्के भुक्के र चम्चाले, छेपाराले सताउँछन्
    पासो थापी मिठो बोली, जालभित्र फसाउँछन्
    यता हेर्छु उता हेर्छु, मात्रै विकृति देख्दछु
    जता जान्छु उतै खाली, रत्नाकर म भेट्दछु ।

    बोल्नु हुँदैन देखेको, मुख सिउनु पर्दछ
    खोल्न मिल्दैन भोगेको, आँसु पिउनु पर्दछ
    भित्ताका कान छन् ठाडा, सुन्छन् अनि सुनाउँछन्
    इरफान अली ठानी, जेलभित्र सडाउँछन् ।।

    मुसा साङ्ला दुलैपिच्छे, अन्न खान तयार छन्
    सर्प भालु लुकी ज्यान, डस्न मार्न तयार छन्
    भेडा छन् गोठमा भोका, खान खोज्छन् कराउँछन्
    राजनेता पिठो मीठो, खाने चाँजो मिलाउँछन् ।

    जापान कोरिया माल्टा, मुखले देश पार्दछन्
    छाँटेर गफ नेताले, जून नक्षत्र झार्दछन्
    चुनावमा सयौँ नेता, गाउँ लस्कर आउँछन्
    जितेपछि तिनै नेता, पाँच वर्ष हराउँछन् ।।

    गाउँ आज भए रित्ता, युवाहरू विदेशिए
    श्रीमती पुत्र बा आमा, सम्झी आफन्त तड्पिए
    विकृति गाउँमा छायो, पसारो लाजको भयो
    छोरी हराइ सम्साँझै, इज्जत बाबुको गयो ।
    रतुवामाई न•पा -६, सौँठा, मोरङ
    हाल : विद्याधिश्वरी मा•वि•वागमती गा•पा-६, आश्राङ, ललितपुर

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २, शनिबार १८:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP