logo
  • २०८३ श्रावण २३ | Sat, 08 Aug 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    प्रक्षेप्यअर्थतन्त्र
    रेमिट्यान्सको इन्धन
    आकाश थाक्यो ।

    २.
    हिमाली राडार
    शक्तिका दृष्टि घुम्छन्
    नेपाल मौन छ ।

    ३.
    बीआरआई बाटो
    दक्षिणी खुला सीमा
    बीचमा भूगोल ।

    ४.
    निर्यात निदायो
    आयातको विस्फोट
    कारखाना शून्य ।

    ५.
    कूटनीतिक कक्षा
    दुई ग्रहको गुरुत्व
    सन्तुलन कठिन ।

    ६.
    हिमनदी रोयो
    पग्लिँदै रणनीति
    नदी अस्थिर ।

    ७.
    युवा उडेछन्
    देशभित्र खालीपन
    पासपोर्ट रुन्छ ।

    ८.
    एलडिसी बाट
    तीन वर्ष पर धकेलियो
    विकास सपना ।

    ९.
    अदृश्य दबाब
    सुरक्षाको आकाश
    सीमा निदाए ।

    १०.
    भूराजनीतिक
    प्रेसर चेम्बरभित्र
    राष्ट्रको श्वास ।

    ११.
    ड्युटी–फ्री ढल्यो
    बजारको ब्यालिस्टिक
    उद्योग थाक्यो ।

    १२.
    पश्चिमी युद्ध
    पूर्वीय मूल्यवृद्धि
    काठमाडौं पोल्छ ।

    १३.
    पारवहन केन्द्रको
    अधुरो प्रक्षेपणमा
    सडक अल्झियो ।

    १४.
    बहुध्रुवीय खेल
    असंलग्न राष्ट्रको
    निरीक्षित मौन ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण १८, सोमबार २२:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP