logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • सप्तरीको बलान बिहुलमा जसपाको अधिवेशन सम्पन्न अध्यक्षमाः उमेश यादव

    सप्तरीको बलान बिहुलमा जसपाको अधिवेशन सम्पन्न अध्यक्षमाः उमेश यादव

    रासिन्द्र यादव
    बलान बिहुल।सप्तरीको बलान बिहुल गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको अधिवेशन सम्पन्न भएका छन्। स्थानीय जेष्ठ नागरिक तथा पार्टीको वरिष्ठ अगुवा नेता मुनिलाल सल्हैताको अध्यक्षता तथा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबको प्रमुख आतिथ्यतामा गाउँपालिका स्तरिय अधिबेशन सम्पन्न भएको छ ।
    सो अधिवेशनले उमेश कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३१ सदस्य नयाँ कार्य समिति सर्वसम्मतिले चयन भएको जसपा नेपालका क्षेत्र नम्बर—४ का क्षेत्रीय सभापति अरबिन्द सल्हैता यादवले जानकारी दिनुभयो ।
    नवगठित कार्य समितिको उपाध्यक्षद्धवयहरुमा रामेश्वर यादव, शिवशंकर यादव,रामचन्द्र यादव रहेको छ ।
    यस्तै सचिव हेमशंकर साह,कोषाध्यक्ष रन्जना देवी यादव,सहसचिव कासिन्द्र यादव, ब्रहमदेव यादव सदस्यहरुमा संगिता ठाकुर,अमिरिका मण्डल, देवकला झा, राजकुमार ठाकु, रामचन्द्र खंग लगायत रहेका छन्।
    यस्तै जनता समाजवादी पार्टी नेपाल बलान बिहुल गाउँपालिकाको ६ वटै वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट भएको छ। सो अधिवेशनले क्रमशः छनौट भएका प्रतिनिधिहरुमा वडा नम्बर १ बाट जिबछ सल्हैता,२ जागेश्वर यादब, ३ हरेराम यादव(महराजी), ४ मो. हुसेन( गुल्टेन),५ सम्पैत यादव र वडा नम्बर—६ बाट मनिलाल यादव रहेका छन्।
    सो अधिवेशनमा अतिथिहरुमा जसपा नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंह यादव, केन्द्रीय सदस्य डा. बबी सिंह यादव, क्षेत्र नम्बर—४ का क्षेत्रीय सभापति अरबिन्द सल्हैता यादव, जसपाका बौद्धीक नेता गङ्गाराम यादव लगायको उपस्थिति रहेको थियो।
    यस्तै अथिथिका रुपमा नेकपा एमाले पार्टीकातर्फबाट बलान बिहुल गाउँपालिका वडा नम्बर— का वडा अध्यक्ष सूर्य कुमार दासको समेत उपस्थिति रहको थियो। अधिवेशन उद्घाटन शत्रको कार्यक्रम संचालन दिगमबर यादब गर्नु भएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र ३०, शनिबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP