सिरह। सिरहाको लहान नगरपालिका–१ स्थित रहेका पशुपति आदर्श माविले पसलका लागि सटर भाडामा लगाउने नाउँमा व्यपारीहरुसँग करोडौँ रुपैयाँ असुलेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्र्दीबासले छानबिन थालेका छन् ।
उक्त छानबिनमा पूर्व उद्योग राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदम नारायण चौधरी तानिएका छन् । चौधरी सांसद भएकै बेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत थिए।
उहाँकै कार्यकालमा व्यापारीहरूसँग सेटर बनाउन विद्यालयले रकम उठाएको थियो ।
विद्यालय व्यवस्थापन समितिको निर्णयको आधारमा विद्यालयले ८९ जनासँग व्यापारीहरूसँग २ देखि ५ लाख सम्म गरेर ५ करोड भन्दा बढी रकम पसलका लागि सटर बनाउन असुलेका गरेका थिए । तर, पैसा उठाएको १२ वर्ष भन्दा बढी बितेपनि हाल सम्म सटर निर्माण गरिएको छैन । न त सटर बन्यो न व्यापारीले जम्मा गरेको पैसा फिर्ता । त्यहीँ विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्र्दीबासले अनुसन्धान थालेका छन् ।
अख्तियार बर्दिवास कार्यालयले पहिलो चरणमा लहान नगरपालिकालाई छानबिन गरी कागजात र रायसहित पठाउन पत्र नै काटेका छन् ।
तत्कालीन प्राधनाध्यापक परमेश्वर राय पनि अवकाश पाइसकेका छन् । विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि फेरिएका छन् । विद्यालयले सम्बन्धित स्थानीय तह लहान नगरपालिकाको सहमति बेगर कुमारी बैँकमा खाता खोलेर सटर भाडामा लगाउने रकम जम्मा गरेर त्यसमा खाताबाट पैसा दुरुपयोग गरेका आरोप स्थानीयले लगाएका छन्।
प्रतिक्रिया