logo
  • २०८२ जेष्ठ ६ | Tue, 20 May 2025
  • हैंठी सामुदायिक विद्यालयले १९ औं वार्षिकोत्सब मनाइयो

    हैंठी सामुदायिक विद्यालयले १९ औं वार्षिकोत्सब मनाइयो

    बोदे बरसाईन। सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर-७ हैंठी स्थित रहेका श्री सामुदायिक राष्ट्रिय शिवशंकर आधारभूत विद्यालयले १९ औं वार्षिकोत्सब मनाइएको छ।

    विस२०६२ साल माघ २१ गते शुक्रबार तिथि माघ शुक्ल पञ्चमी ( वसन्त पञ्चमी) का दिन हैंठी गाउँलेहरू समुदाय स्तरमा विद्यालयको आवश्यकता परिकल्पना गरि चन्दा संकलन तथा स्थानीय श्रोत साधनको सदुपयोग गरि सानो घर बनाई विद्यालय संचालन गरेको थियो। अहिले विद्यालयमा बालविकास देखि कक्षा ५ सम्म संचालन भई रहेको छ।

    उक्त कार्यक्रमका प्रमुखअतिथि बोदे बरसाईन नगर उपप्रमुख रेणु साहले शुभकामना मन्तव्य राख्दै भने विद्यालय प्राकृति रूपमा सुन्दर रहेको विद्यालयलाई शैक्षिक रूपमा उत्कृष्ट बनाउन शिक्षक, अभिभावकको महत्त्वपूर्ण भूमिका हुने बताउँदै नगरपालिकाले विद्यालयलाई शैक्षिक अनुदान दिई संचालन सहयोग गरिरहेको अगामि दिनमा भाैतीक संरचना सुधारमा पनि सहयोग निरन्तरता रहने नगर उपप्रमुख साहले बताए।

    इन्टेलेक्चुअल फाउणडेशन नेपाल राजविराजका अध्यक्ष तथा नेपाल प्रज्ञा सदस्य भाषाविद् डा.सूर्य प्रसाद यादवले शैक्षिक सुधारको लागि समुदायिक विद्यालयप्रति अभिभावकको अविश्वास बाधक रहेको बताउदैँ अहिले शिक्षक सेवा आयोगबाट विभिन्न चरण पारगरी आएका दक्ष शिक्षक विद्यालयले पाइरहेका बताए। प्रारम्भिक शिक्षा स्थानीय मातृभाषा मैथिलीमा हुनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा बोदे बरसाईन नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष बिजय नारायण कापैर,कार्यपालिका सदस्य लटी दास, श्री चन्द्रा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गाैरीशंकर चाैधरी, शिक्षक अभिभावक संघका अध्यक्ष श्यामनन्दन झा, पत्रकार लोकेन्द्र प्रसाद यादव लगायतको उपस्थिति थियो।

    सो विद्यालयका प्रधानाध्यापक निलम कुमारी कापैरले उपस्थित अतिथि,अभिभावक, विद्यार्थीहरूमा स्वागत मन्तव्य राख्नु भयो। कार्यक्रम संचालन शिक्षक अजित कुमार यादवले गरेको थियोे। कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष विश्वमभर यादवको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त विद्यालयमा अध्यनरत छात्रछात्राहरूले सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २१, सोमबार १७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP