आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।
यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया