logo
  • २०८३ जेष्ठ २७ | Wed, 10 Jun 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.
    शान्ति भाषण
    मिसाइलको छायाँमा
    तालि बज्छ।

    २.
    मानव अधिकार
    आकाशबाट खस्छ
    आगो बनेर।

    ३.
    सुरक्षा भन्दै
    विद्यालयमै बम
    न्याय मुस्कायो।

    ४.
    बालिका रोइन
    मिसाइलले भन्यो
    “रक्षा गरें”।

    ५.
    शान्ति सम्मेलन
    पछाडि गर्जिन्छ
    इस्पातको स्वर।

    ६.
    लोकतन्त्र
    मिसाइलले लेख्यो
    रगत अक्षर।

    ७..
    उद्धार आयो
    पहिले नै ध्वंस
    पछि सहायता।

    ८.
    न्यायको तराजु
    एकतर्फ बम मात्रै
    अर्को मौन।

    ९.
    सन्धि कागज
    आकाशमा जल्दै
    धुवाँ बन्यो।

    १०.
    मानवता
    मिसाइलको नक्सामा
    भुलिएको शब्द।

    ११.
    स्वतन्त्रता
    आगोको वर्षामा
    झन् उज्यालो ?

    १२.
    रक्षा योजना
    बालबालिका लक्ष्य
    तर्क महान्।

    १३.
    सभ्यता
    इस्पातले जोगायो
    खण्डहर भित्र।

    १४.
    शान्ति चाहियो
    पहिले युद्ध गरौं
    नीति स्पष्ट।

    १५.
    नैतिकता
    ड्रोनको क्यामेरामा
    फिल्टर मात्र।

    १६.
    उद्धारकर्ता
    पहिले नै प्रहार
    पछि भाषण।

    १७.
    नियम सबैका
    तर केहीलाई मात्र
    लागु हुँदैन।

    १८.
    संयुक्त स्वर
    मौनमा हरायो
    बम ठूलो भयो।

    १९.
    सुरक्षा परिषद्
    आगो हेरेर पनि
    आँखा चिम्ल्यो।

    २०.
    नागरिक मर्यो
    रिपोर्टमा लेखियो
    “साइड इफेक्ट”।

    २१.
    शान्ति पुरस्कार
    मिसाइल परीक्षण
    पछि घोषणा।

    २२.
    न्याय माग्दा
    मिसाइल जवाफ
    छिटो आउँछ।

    २३.
    संविधान
    आकाशमै जलेको
    कागज जस्तो।

    २४.
    उद्धार कथा
    पहिले नै बनाइयो
    पछि हमला।

    २५.
    मानवता रोयो
    राजनीति हाँस्यो
    तालि बज्यो।

    २६.
    युद्धको कारण
    बमले बुझायो
    प्रश्न बाँकी।

    २७.
    सत्य खोज्दा
    धुवाँले ढाकियो
    सबै प्रमाण।

    २८.
    नयाँ व्यवस्था
    पुरानै ध्वंसबाट
    फूल झैं भनिन्छ।

    २९.
    न्यायको ढोका
    मिसाइलले खोल्यो
    भित्र शून्य।

    ३०.
    शान्ति आयो
    सबै कुरा जलेपछि
    मौन बाँकी।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ २६, मंगलवार १९:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP