logo
  • २०८३ श्रावण २३ | Sat, 08 Aug 2026
  • प्रारम्भिक कक्षाको सिकाइ अभिवृद्धिका लागि शिक्षकलाई तीनदिने तालिम

    प्रारम्भिक कक्षाको सिकाइ अभिवृद्धिका लागि शिक्षकलाई तीनदिने तालिम

     

    बोदेबरसाईन । सप्तरीको राजविराजमा ‘सप्तरीमा प्रारम्भिक कक्षाको सिकाइ अभिवृद्धि’ परियोजनाअन्तर्गत सञ्चालित तीनदिने शिक्षक क्षमता अभिवृद्धि तालिम शुक्रबार  राजबिराजमा सम्पन्न भएको छ।

    स्वास्थ्य, पोषण, शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल), राजविराजको आयोजनामा बोदेबर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरूलाई तालिम दिइएको हो।

     

    तालिमको मुख्य उद्देश्य बालकेन्द्रित शिक्षण विधिलाई थप प्रभावकारी बनाउँदै प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नु रहेको हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले बताए। उनका अनुसार तालिम नेपाल सरकारको पाठ्यक्रममा आधारित रहेर सञ्चालन गरिएको हो।

    प्रशिक्षक रामसागर यादवले तालिमले विद्यार्थीको आधारभूत साक्षरता तथा गणितीय सीपमा सुधार ल्याउनुका साथै प्रत्येक सिकाइका लागि रोचक, आकर्षक र बालमैत्री कक्षाकोठाको वातावरण सिर्जना गर्न शिक्षकहरूलाई प्रेरित गर्ने बताए।

    त्यस्तै, शिक्षा तालिम केन्द्र बाराकी प्रशिक्षक मुन्द्रीका कुमारी मण्डलले प्रारम्भिक तथा आधारभूत तहमा अध्यापन गर्ने शिक्षकलाई आफ्नो शिक्षण क्षमता थप निखार्न तालिमले सहयोग पुग्ने बताइन्।

    एलडीएस च्यारिटीको आर्थिक सहयोग तथा च्वाइस ह्युम्यानेटेरियन नेपालसँगको सहकार्यमा हर्ड नेपालद्वारा सञ्चालित यस कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न योगदान पुर्‍याउने आयोजकले जनाएको छ। कार्यक्रमले दिगो विकास लक्ष्य–४ अन्तर्गतको गुणस्तरीय शिक्षा हासिल गर्ने प्रयासमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    कार्यक्रम संयोजक ज्ञानु गौतमका अनुसार बालविकाससहित तीन चरणमा गरी ८० जना शिक्षकलाई तालिम प्रदान गरिएको छ।
    तालिममा प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने शिक्षण विधि, आधारभूत साक्षरता तथा गणितीय सीप विकास, बालमैत्री कक्षाकोठा निर्माणलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण २३, शनिबार ०९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP