पृथ्वी परिक्रमा (कविता)
तोमनाथ उप्रेती
पृथ्वी हाम्रो साझा मातृभूमि,
नदी, ताल, जंगल—सबै जीवनको अमृतधारा।
हरेक प्राणी, हरेक वृक्ष, हरेक पानीको थोपोमा
छ असीमित प्रेमको संदेश, जीवनको उज्यालो सारा।
हिमालको उचाई, समुन्द्रको गहिराई,
जंगलका रूख,
सन्तुलित छ संसार, रचना छ अनन्त,
जसले जीवन सम्भव बनाउँछ, सम्पूर्ण प्रकृतिमा।
अहंकार, द्वेष, ममता—सबै त्यागौँ,
उदार हृदय, सहकार्य, प्रेमको बिउ रोपौँ।
वसुधैव कुटुम्बकम् भन्ने संदेश लिएर,
संसारलाई एक परिवार, प्रेमको आश्रय बनाउँ।
मानव, प्राणी, वनस्पति, जलचर सबैको अधिकार,
सबै जीवनको मूल्य, सबै अस्तित्वको सम्मान।
विज्ञान र चेतनाले सुरक्षा दिऊ पृथ्वीलाई,
सर्वकल्याणको मार्ग हो, यही हाम्रो प्रमाण।
साँच्चिकै बाँच्नका लागि, बाँड्नका लागि सिकौँ,
विपत्ति र संकटमा प्रेम र धैर्यको साथ पाउँ।
यो परिक्रमा
सत्य र सहकार्यमा मानवता उज्यालो बनाउँ।
पृथ्वी जीवित छ, हामी उसका अंग,
समान अस्तित्व र सम्मानका लागि हामी सधैं संग।
विश्वबन्धुत्वको भावले मात्र सम्भव छ शान्ति,
यसै मार्गमा मानव सभ्यता अगाडि बढोस् स्थायी।
प्रतिक्रिया