हाइकुहरू
तोमनाथ उप्रेती
१.
हर्मुज जल्योतेलभन्दा भारी भयोमौन महासागर।
२.
बेइजिङ मौनयुद्धको धुवाँभित्रशान्ति हरायो।
३.
ट्रम्प र सीबीचहात मिल्यो तर पनिविश्व काँपिरह्यो।
४.
व्यापार युद्धकारखानाभित्र रोयोभोकै बजार।
५.
इरानको रातमिसाइलभन्दा गहिरोडरको आवाज।
६.
समुद्र बन्दजहाजहरू रोकिएसमय थाक्यो।
७.
तेहरान धुवाँकूटनीति जलिरह्योमौन राष्ट्रसंघ।
८.
चिनियाँ बादलअमेरिकी आकाशमाचिसो तनाव।
९.
शिखर वार्तामुस्कानभित्र लुकेकोबारुदको गन्ध।
१०.
विश्व बजारएक ट्वीटले काँप्योनिद्राहीन रात।
प्रतिक्रिया