logo
  • २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  •  हाइकुहरू

     हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.
    अन्तर्मन शान्त
    विवेकको उज्यालो
    सत्यको बाटो।

    २.
    अध्यात्म दीप
    अन्धकार हटाउँदै
    आत्मबोध जाग्छ।

    ३.
    लोभको बादल
    मनको आकाशमा
    शान्ति हराउँछ।

    ४.
    नैतिक कर्म
    जीवनको आधार हो
    सत्यको स्वर।

    ५.
    अहंको अन्त्य
    विनम्रता जन्मिन्छ
    मानवता फूल।

    ६.
    विवेकको स्वर
    सही र गलत बीच
    मार्ग देखाउँछ।

    ७.
    शरीर भन्दा
    आत्मा ठूलो सत्य हो
    अन्तर यात्रा।

    ८.
    ध्यानको मौन
    मनको हलचल थाम्छ
    शान्ति झल्किन्छ।

    ९.
    सदाचार बत्ती
    अन्धो युग उज्यालो
    जीवन मार्ग।

    १०.
    क्रोधको आगो
    विवेकले निभाउँछ
    शान्ति बाँच्छ।

    ११.
    मानव जीवन
    सिर्फ भोग होइन यहाँ
    बोधको यात्रा।

    १२.
    सत्यको बाटो
    कठिन भए पनि छ
    उज्यालो हुन्छ।

    १३.
    अहिंसा फूल
    करुणाको सुगन्ध
    विश्व बगैँचा।

    १४.
    भित्री मौनता
    आत्मा बोल्न थाल्छ
    सत्य सुन्छ मन।

    १५.
    भौतिक चमक
    क्षणिक भ्रम मात्र हो
    आत्मा स्थायी।

    १६.
    सद्विचार दीप
    अन्धकार हटाउँदै
    मानव जाग्छ।

    १७.
    धर्मको अर्थ
    सद्कर्ममा देखिन्छ
    जीवन शुद्ध हो।

    १८.
    आत्मसंयम
    शक्ति बनेर उठ्छ
    जीवन मार्ग।

    १९.
    सहिष्णु मन
    विश्वलाई जोड्छ यहाँ
    एकता जन्म।

    २०.
    शुद्ध चेतना
    मानवताको शिखर
    सच्चा जीवनमार्ग।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ असार २८, आईतवार १६:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP