logo
  • २०८३ बैशाख ३ | Thu, 16 Apr 2026
  • आइएमई पेको दशैँ विषेश अफर : मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट

    आइएमई पेको दशैँ विषेश अफर : मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट

    डिजिटल वालेट आइएमई पेले दसैं पर्वलाई लक्षित गरी जम्मा १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना ल्याएको छ। आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ जनाले १ रुपैयाँमा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    ती ग्राहकले खरिद गरेको हवाई टिकटको रकम १ रुपैयाँ कटाएर विजेता घोषणा गरेपश्चात क्यासब्याक पाउनेछन्। यो योजना असोज २३ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकले ८१ रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दिन ३० जनाले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनेछन्।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ आश्विन ११, शुक्रबार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP