logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • बलात्कार आरोपित तथा बिधुतीय कारोबार कसुर मुद्दामा फरार राई पक्राउ

    बलात्कार आरोपित तथा बिधुतीय कारोबार कसुर मुद्दामा फरार राई पक्राउ

    राई नेपाल बिद्धुत प्राधिकरण सिरहा शाखामा कार्यरत कर्मचारी हुन्।

    रामशंकर भण्डारी
    राजविराज। सिरहा प्रहरीले जबरजस्ती करणी तथा बिधुतीय कसुर मुद्दामा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा  उदयपुर लिम्चुङबुङ गाँउपालिका वडा नंम्वर– ४ बस्ने ३१ बर्षीय विश्वराज राई रहेको छ।

    वारदात पश्चात फरार रहेको प्रतिवादीलाई पक्राउ गर्नको लागि पक्राउ अनुमती पत्र समेत प्राप्त भई आएकोले खोजतलाश गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जिल्लाकै सिरहा नगरपालिका वडा –७ हेमनारायण चौकबाट पक्राउ गरीएको हो। राई वारदात पश्चात फरार रहेको थियो।

    राई नेपाल बिद्धुत प्राधिकरण सिरहा शाखामा कार्यरत कर्मचारी हुन्।

    राईमाथि काठमाडौं जिल्ला–२६ (परिवर्तित नाम) गौशाला (३६) ०८१/०८२ को जाहेरीले वादी नेपाल सरकार रहेको मुद्दामाप्रतिवादी जिल्ला उदयपुर लिम्चुङबुङ गाँउपालिका वडा नंम्वर ४ बस्ने बर्ष ३१ को विश्वराज राईलाई जबरजस्ती करणी तथा बिधुतीय कुुसुर मुद्दामा जाहेरीले परेका थियोे ।

    उक्त पक्राउ परेका राईलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय भोटाहिटी काठमान्डौ साईबर ब्युरो शाखा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी जिनुभयो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २४, बिहीबार २३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP