logo
  • २०८३ बैशाख १५ | Tue, 28 Apr 2026
  • गजेन्द्र नारायण सिंहको असली उत्तराधिकारी माओवादी केन्द्र : अध्यक्ष दाहाल

    गजेन्द्र नारायण सिंहको असली उत्तराधिकारी माओवादी केन्द्र : अध्यक्ष दाहाल

    लोकेन्द्र प्रसाद यादव

    बोदे बरसाईन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशी जनताको आत्म सम्मान र पहिचानका लागि आजिवन संघर्ष गर्ने नेता गजेन्द्र नारायण सिंहको मधेशप्रतिको धारणलाई अझ विकसित र परिमार्जन गर्ने असली उत्तराधिकारी माओवादी केन्द्र रहेको बताए। हामीले सैद्धान्तिकरुपमा मधेशलाई आत्मनिर्णयका अधिकार नदिएसम्म यो देशमा गणतन्त्र हुदैँन भन्दै मधेशी राष्ट्रिय मुक्ती मोर्चाबाट अभियान चलाउने माओवादी केन्द्र रहेको भने। उनले मधेश आन्दोलको अधार शिला माओवादीको केन्द्रले तैयार पारेको जिकिर समेत गरे। आज राजबिराजमा स्व. नेता गजेन्द्र नारायाण सिंहले लगाउने कुर्ता उनको नातीको हाथबाट उपाहर पाएको बताए।

    तराई मधेश जागरण अभियानअन्तर्गत बोदे बरसाईन नगरपालिकामा शुक्रबार आयोजित कोण सभालाई सम्बोधन गर्दै माओवादी आन्दोलनमा देशका हरेक तहत्पकाका नागरिक संग घनिष्ठ सम्बन्ध रहेको बताउँदै सोही सम्बन्धलाई पुन जागरण गर्न माओवादीले आफैलाई रुपान्तरण गर्न जनताको बिचमा आएका बताए। पुरानो क्रान्तिको शैली सहित जनतको घरमा बास बसि हामी कहाा चुकयो खोत्लन समेत आएको बताए।
    माओवादीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सहिदका सपना पूरा गर्ने जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता जनाए ।

    देशका हरेक समुदायका वर्गको एकतालाई दरो बनाउनु जरुरी रहेको बताउँदै‘‘काम गर्ने कालु बसी खाने भालु संघीयता, गणतन्त्र सबै ल्याउने माओवादी अरु पार्टी सरकारकमा गई पुरानै रबैया अपनाएर देश चलाउन खोजेको आरोप लागउनु भयो। मधेशको विकास र समृद्धिमा आफू नेतृत्वको पार्टीले निरन्तर ध्यान दिँदै आएको बताएका छन् ।
    ‘सुशासन कायम गर्नुपर्‍यो, मधेशको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्‍यो, भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।’

    अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकामा गर्व महसुस भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नहुने हो भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन १७, शनिबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP