logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • लहानमा निःशुल्क स्वास्थ्य शिविर सुरु

    लहानमा निःशुल्क स्वास्थ्य शिविर सुरु

    बिरेन्द्र प्रसाद नेपाल 
    लहान।लहान नगरपालिका–१२ स्थित पडरिया स्वास्थ्य चौकी प्राङ्गणमा लहान नगरपालिका र एसओएस बालग्रामको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ।
    आजबाट सुरु भएको शिविरमा लहान नगर क्षेत्रका सबै वडामा घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगको निःशुल्क परीक्षण गरिने भएको छ।

    शिविरको उद्घाटन कार्यक्रममा लहान नगर प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित रहे। उनले नागरिकहरूलाई स्वास्थ्य जाँचमा सहभागी भइ रोगको समयमै पहिचान र रोकथाम गर्न आग्रह गरे। “७० प्रतिशत मानिस नसर्ने रोगबाट अपाङ्गता, पक्षघात वा मृत्युको शिकार भइरहेका छन्,” मेयर चौधरीले भने, “यस अभियानले जनचेतना र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा टेवा पुग्नेछ।”

    कार्यक्रममा लहान राउ स्मारक प्रादेशिक अस्पतालका मेसु (चिकित्सा सुपरीटेन्डेन्ट) डा. रन्जित कुमार झा, स्वास्थ्य चौकी प्रमुख , प्र.अ. मनोज कुमार यादब, लहान नगरपालिकाका स्वास्थ्य प्रतिनिधि रमानन्द चौधरी,वडा अध्यक्ष बद्री चौधरी, स्थानिय पत्रकार, चिकित्सक लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    डा. रन्जित कुमार झाले मेयर चौधरीको यो स्वास्थ्य अभियान सराहनीय रहेको बताउँदै राउ स्मारक अस्पतालको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “स्वास्थ्य जनचेतना र समयमै रोग पहिचानले भविष्यमै दीर्घकालीन लाभ दिन्छ, त्यसैले यो कार्य दीर्घकालीन हुनुपर्छ।”

    शिविरको सुरुवातसँगै स्वास्थ्यकर्मीहरूको टोली वडा–वडामा पुगेर हप्ताव्यापी रूपमा मधुमेह, उच्च रक्तचापजस्ता रोगको जाँच गर्दै जनतालाई रोगबारे सचेत गराउने योजना रहेको लहान स्वास्थ्य शाखाले जनाएको छ।

    उक्त शिविर लहान नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा सञ्चालन भइरहेको हो। आयोजक पक्षले नागरिकलाई घरमै बसेर स्वास्थ्य परीक्षण गराउने सुवर्ण अवसरको लाभ लिन पनि अनुरोध गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP