logo
  • २०८२ चैत्र २० | Fri, 03 Apr 2026
  • राजबिराज भन्सार: पाँच करोड ७० लाख २९ हजार राजस्व सङ्कलन, छोटी भन्सार कार्यालय सहयोगिको भरमा संचालन

    राजबिराज भन्सार: पाँच करोड ७० लाख २९ हजार राजस्व सङ्कलन, छोटी भन्सार कार्यालय सहयोगिको भरमा संचालन

     

    राजबिराज।राजविराज भन्सार कार्यालयले २०८१ साउनदेखि २०८२ जेठ मसान्तसम्म पाँच करोड ७० लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ८१ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य भए पनि जेठ महिनासम्म ६४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको राजविराज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यालयले ६ करोड ५० लाख ३४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा आठ करोड सात लाख ४७ हजार अर्थात एक सय २४.१६ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयका भन्सार अधिकृत सत्यनारायण सिंंहले बताउनुभयो ।

    बढ्दो भन्सार छल्ने प्रवृत्ति र खुला सीमा नाकाका कारण यसपालि लक्ष्य अनुसार राजस्व हुन नसकेको हो । केही साना गाडी बाहेक ठुला गाडी र सामान लिएर व्यापारीहरू भन्सार तिर्न नआउने गरेको र मिलोमतोमा चोर बाटोबाट सामान पास गर्ने पबृत्तिका कारण प्रयास गर्दा गर्दै पनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, बोर्डर टाईट गर्यो, सबैले इमानदारीपूर्वक राजस्व तिर्यो भने अर्बौ राजस्व सङ्कलन गर्न सक्ने जिल्ला सप्तरी हो । राजस्व सङ्कलनका लागि सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

    यस आर्थिक वर्षमा सशस्त्र प्रहरी मार्फत दुई सय ६३, नेपाल प्रहरी मार्फत ५३ तथा भन्सार कार्यालय मार्फत आएको ९२ गरी जम्मा चार सय आठ मुद्दामा यस कार्यालय मार्फत प्रक्रिया पुर्‍याएर तीन सय १३ मुद्दा फैसला गरेको उहाँले जानकारी दिनुभयो ।

    कर्मचारी अभावका कारण कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन। राजस्व सङ्कलनमा वर्षैनी ह्रास आइरहेको अवस्था छ।

    तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो। विसं २०१३ मा यस नाकामा राजविराज भन्सार कार्यालय स्थापना भएको हो। यसका अतिरिक्त जिल्लाभर सात अन्य छोटी भन्सार कार्यालय छन्। यद्यपि कर्मचारी अभावका बीच सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौँदेखि ठप्प छन्।

     

    राजबिराज भन्सार कार्यालयका कार्यालय प्रमुख सिंहका अनुसार कर्मचारीको अभावमा समेत काम गर्न कठिनाई भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘यस कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा काम गर्न समस्या भएको छ ।’’ कार्यालयमा अधिकृत एक जना, सुब्बा आठ जना, लेखापाल एक जना, कम्प्युटर अपरेटर एक जना, सवारी चालक एक जना, कासको १० जना दरबन्दी रहेकोमा अधिकृत एक, सुब्बा तीन, लेखापाल एक, कास दुई, कम्प्युटर अपरेटर दुई र सवारी चालक एक जना रहेका छन् ।

    कर्मचारी अभावकै कारण सुब्बाको नेतृत्वमा रहेको छोटी भन्सार कार्यालयहरू सहयोगिको भर पर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सुब्बा नभएको ठाउँमा कासलाई पठाउनुपर्ने बाध्यता छ ।’’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ७, शनिबार १४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP