logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

    राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

    काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले प्राप्त गरिरहहेको सरकारी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी छन् ।
    उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी हुन् ।
    भण्डारीलाई अहिले सरकारले दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ ।
    पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।
    भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा एमालेको सक्रिय राजनीतिमा फर्किन पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १८, बुधबार १७:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP