logo
  • २०८२ माघ १६ | Fri, 30 Jan 2026
  • कोशी–पश्चिमी वितरण नहर सिंचाई प्रणाली जिर्ण पश्चिम सप्तरीमा आउदैँनन् नहरको पानी : कृषक

    कोशी–पश्चिमी वितरण नहर सिंचाई प्रणाली जिर्ण पश्चिम सप्तरीमा आउदैँनन् नहरको पानी : कृषक

    लोकेन्द्र प्रसाद यादव

    बोदेबरसाईन। साउन आधा बितिसक्दा पनि यस वर्ष मधेशमा मनसुन सक्रिय भएको छैन । जसकारण अन्नको भण्डार मानिने तराई मधेशमा धान रोपाइँ प्रभावित भएका छन् ।

    सन् १९७१ मा शुरुवात भएको कोशी–पश्चिमी वितरण नहर सिंचाई प्रणालीको संरचना अहिले जीर्ण बन्दै गएका छन्। सरकारको उदासीनताको कारण ती सिंचाई परियोजनाको भौतिक पूर्वाधार तथा संरचना पुनर्निर्माण हुन नसकेको किसानहरुको भनाइ छ। उक्त परियोजना भारत सरकारको सहयोगमा बनेको थियो।

    जिर्ण अवस्थामा रहेको नहर। तस्बिर : भ्वाइस खबर

    कोशी–पश्चिमी वितरण नहर सिंचाई प्रणाली जिर्ण हुदाँ उक्त नहर र शाखा नहरबाट राजगढ गाउँपालिका, डाक्नेश्वरी नगरपालिका पर्याप्त पानी आउन सकेको छैन। भने बोदेबरसाईन नगरपालिका र बलान बिहुल गाउँपालिकामा निर्माण भएको दुई तीन वर्ष सम्म पानी आयो पछिल्लोपटक पानी आउन नसकेको कृषकहरूको गुनासो रहेका छन् ।

    बोदेबराईन नगरपालिका र बलान विहुल गाउँपालिकामा विद्युत संरचनाको अभावले गर्दा कृषकहरू मंहगाे डिजल खरिद गरि दमकलबाट सिंचाइ गरि धानबाली लगाउदै आएका छन् ।

    उक्त नहरमा किसानका अनुसार सुचारू भएको एक-दुई चाेटी मात्र यस नहरमा पानी आएपनि बिगत चार दशकदेखि पानी आउन छाडेपछि किसान चिन्तित बनेका छन् । सरकारले नहरमा पानी ल्याईदिए भने किसानकाे हजारौं जग्गामा खेतीपाती गर्न सहज हुने
    बलान विहुल गाउँपालिका-३ अनिरूद्व मण्डलको गुनासो रहेको छ। उहाँले भने सुचारु भएको एक दुई पल्ट पानी मात्र आए पनि अहिलेसम्म किसानले पानी कस्तो हुन्छ हेरेको पनि देखिएन र यसै नहरलाई सुचारु गर्दियो भने किसान राम्रोसँग खेतीपाती गर्न उनलेे बताए।

    बलान बिहुल गाउँपालिका-४ विश्वनाथ यादब बताउँछन् आफ्नो दुई बिघा खेत भए तापनि सिँचाइको अभावले यस वर्ष १० कट्ठा मात्रै जसोतसो धानबाली गर्न पाएको दुखेसो सुनाए।

    बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले सिंचाइकाे लागि पक्कै पनि डिप बाेडिङग उपयुक्त होईन्। यसका निमित्त एक मात्र उपाय चुरेलाई रिचार्ज गर्नुको साथै चतराबाट नहर निकाली कोशीको पानी कमला नदी सम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो ।संगै कोशी–पश्चिमी वितरण नहर सिंचाई प्रणाली जिर्ण रहेकोले पुन: निर्माणका लागि सरकारले प्रयाप्त बजेट विनियोजन गर्नु पर्ने जोड दिनुभयो।

    यता बोदेबराईन नगरपालिका वडा नम्बर -१० खडकपुर गाउँका सेवानृत्त प्रधानाध्यापक दिलिप कुमार पंणडितका भने स कोशी पम्प नहरको अवस्था निर्माण भएको तीन चार वर्षपछि कहिले पनि राम्रोसँग डाक्नेश्वरी नगरपालिकाको पथरगारा देखि पश्चिम बलान बिहुल गाउँपालिकाकाे बेलही गाउँसम्म पानी आएको इतिहास छैन। पण्डितका किसनसंग जोडिएको यो समस्या अजिल्लाको कुनै सभासद वा प्रदेश स्तरीय सभासद, मन्त्री कसैले कुनै किसिमको पहल गरेको बताउदैँ भने देखिँदैन उनले भने तर कहीँ कतैकतै नहरको उकास डिलको १०० २मिटर मर्मत भइरहेको देखिन्छ त्यो कसले र कुन निकायबाट गरेको हो पत्तो लाग्दैन यी सय मिटर मर्मतले यहाँको किसानको समस्या समाधान हुदैन यो बजेट पच गर्ने उपाय हो।

    पण्डितले भने पम्प नहरको शाखा नम्बर ९ हैठी देखि खरकपुरसम्म नहर नदीमा परिणत हुँदै गइरहेको र कृषकको खेत नदीमा परिणत भई यी समस्या समाधानका लागि समेत सरोकारवालाले ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो।

    काेशी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालयबाट आउने काेशी नदीमा निर्मित यस नहरको पानीले ६७ हजार हेक्टर क्षेत्रमा सिँचाई गर्न सकिन्छ । तर अहिले खडेरिको बेला यो नहरमा पानी नआउँदा हालसम्म १५-२० प्रतिशत मात्र धान राेपाई भएको स्थानिय किसानहरु भन्छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १७, शनिबार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP