logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • सप्तरी: राजविराज विमानस्थलबाट साउदी रियालसहित आलम पक्राउ

    सप्तरी: राजविराज विमानस्थलबाट साउदी रियालसहित आलम पक्राउ

    लोकेन्द्र प्रसाद यादव

    बोदेबरसाईन। सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रासहित सोमबार (भदौ २) एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११  नन्काकार का  ३३ वर्षीय मोहमद खुर्सिद आलम छन् ।

    प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार, बुद्ध एयरको विमानमार्फत राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमको साथबाट स्रोत नखुलेको साउदी रियाल ३५ हजार ९ सय ७६ रूपैयाँ बरामद गरिएको हो ।

    उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २, सोमबार १५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP