logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • छोरी भएर जन्मिनु चुनौती हो, तर यसले मेरो क्षमता र संघर्षलाई रोक्न सक्दैन: डा. यादव

    छोरी भएर जन्मिनु चुनौती हो, तर यसले मेरो क्षमता र संघर्षलाई रोक्न सक्दैन: डा. यादव

    राजबिराज। जसपा नेपालका केन्द्रीय सदस्य नेतृ डा.बबी सिंह यादवले समाजिक संजाल फेस्बुकमा मेरो संघर्षको कथा राजनीति र समानताको यात्रामा लेखिएको छ।

    उहाँले भनेको छ, म एक राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएको हुँ, तर मेरो राजनीति केवल मेरो परिवारको कारणले होइन। मेरो यात्रा मेरो मेहनत, समर्पण र योग्यताले सजिएको उल्लेख गरेको छ।

    डा. बबी भने केहीले भन्छन्- ‘छोरी भएकाले स्वीकार्य छैन’ – बाल्यकालदेखि नै मैले परिवारभित्र र समाजमा समानता र सम्मानको लागि लड्न सिकें। पितृसत्तात्मक समाजमा छोरी भएर उभिन सजिलो छैन, तर मैले कहिल्यै डर मानिनँ। छोरी भएर जन्मिनु चुनौती हो, तर यसले मेरो क्षमता र संघर्षलाई रोक्न सक्दैन र परिश्रमले राजनीति क्षेत्रमा आफूलाई प्रमाणित गर्ना खोज्दै छु।

    अरू भन्छन्- ‘सबै उपलब्धि परिवारको कारणले प्राप्त भयो’- म एक राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएको छु, तर मेरो राजनीतिक यात्रा केवल मरो परिवारको कारणले मात्र होइन| मैले यो ठाउँ पाउन सजिलो बाटो रोजिनँ, मैले मेहनत, प्रतिबद्धता, योग्यताको साथ यस क्षेत्रमा आफूलाई प्रमाणित गर्दै छु | म स्वीकार्छु, मेरो परिवारले अवसरको ढोका खोलेको हुन सक्छ, तर अवसर पाउनु र त्यसलाई वास्तविक उपलब्धिमा बदल्नु पूर्णरूपमा मेरो आफ्नै क्षमता, प्रतिबद्धता, शिक्षा र मेहनतको नतिजा हो| उल्लेख गरेका छन् ।

    म राजनीति मात्र आफ्नो लागि गर्दैछु भन्ने होइन, मेरो संघर्ष मेरो समय र मेरो समर्पण सम्पूर्ण छोरी, महिलाको लागि हो| म यहाँ प्रमाणित गर्न उभिएकी छु- हामी सक्षम छौँ र हामी पनि परिवार, समाज र राष्ट्रलाई समान हैसियतमा सेवा र योगदान गर्न सक्छौँ भन्ने मेरो विश्वास छ। समानता बिना समाजको प्रगति सम्भव छैन।

    मेरो परिवार मेरो आधार हो, तर मेरो पहिचान मेरो संघर्ष र मेहनतको उपलब्धि हो। मेरो कथा केवल मेरो होइन, हजारौं छोरीहरूको प्रेरणा र साहसको कथा हो lउल्लेख गरेको छ।

    नृतृ डा. बबी सिंह यादव जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य पूर्व कृषि तथा पशुपन्क्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवका छोरी हुन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    3
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र ९, सोमबार १८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP