राजविराज। नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश कुमार यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
आज बिहान उमेशलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेशपछि पूर्व सिंचाई मन्त्री समेत रहेका उमेशले सामाजिक संजालमा लेखेका छन, ‘अबको यात्रा जसपा नेपालबाट शुरु भयो । सबैको साथ सहयोगको अपेक्षा गरेको छु ।’
यादव तत्कालीन नेकपा माओवादीबाट भूमीगत राजनीति शुरु गरेका थिए । जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य बनेका उनी २०७० सालको दोस्रो संविधान सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएर मन्त्री समेत बनेका थिए ।
प्रतिक्रिया