लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन । सप्तरीको सुरूङ्गा नगरपालिकले –८ धाती बजारमा खेलमैदान रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि नगरपालिकाले पुस २ गते बोलपत्र आह्वान गरेको छ । बोलपत्र आह्वानसँगै स्थानीय खेलप्रेमी उत्साहित भएका छन् ।
तत्कालीन युवा तथा खेलकुद मन्त्री तथा सप्तरी क्षेत्र नम्बर-४ का निवर्तमान संघीयसांसद तेजुलाल चाैधरीले रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गराएका थिए ।
नगरप्रमुख गिता चाैधरी अहिले आएको बजेटबाट काम चाँडै सुरु हुने रङ्गशाला पुर्णता पाउन थप बजेटको आवश्यकता रहेको औल्याए।
विज्ञापन

नगरप्रमुख चौधरीले रङ्गशाला सुरूङ्गको खेलकुद विकासका लागि महत्वपूर्ण परियोजना भएको बताए । उनले भने, “नगरपालिकाले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले रसमयमै टेण्डर आह्वान गरिएको हो ।”
विज्ञापन

प्रतिक्रिया