हाइकुहरू
तोमनाथ उप्रेती
१.
मुस्कानसहित सेवा
शासनको मुहार उज्यालो
जनविश्वास फुल्छ।
२.
सहानुभूति छायाँ
प्रशासनको हृदयमा
आत्मीयता बग्छ।
३.
गल्लीमा नागरिक
मुस्कानले पारीछ दूरी
सेवाको पुल बन्यो।
४.
डिजिटल इन्द्रधनुष
सपना देखाउने स्क्रीन होइन
सजीव सेवा छ।
५.
नम्रता र हाँसो
लोकतन्त्रको सुवास हो
शासन जीवन्त।
प्रतिक्रिया