हाइकुहरू
तोमनाथ उप्रेती
१.
डिजिटल प्रहार
डाटाको सशक्त शक्ति
सुशासन जाग्यो
२.
सिस्टमको गर्जन
एल्गोरिद्मको आक्रमण
सेवा छरितो
३.
डेटा विस्फोट
गोपनीयता रणभूमि
सुरक्षा ढाल
४.
प्रविधि बम
कागज युगको पतन
छिटो सेवा
५.
नेटवर्क स्ट्राइक
सूचना बग्छ तीव्र
नागरिक जीत
६.
क्लाउडको बादल
डाटा भण्डार सुरक्षित
विश्वास बढ्यो
७.
एअइको वार
मानव चेतना जोग
नैतिक ढाल
८.
डिजिटल युद्ध
भ्रष्टाचारको पतन
पारदर्शिता
९.
कोडको गोली
प्रणालीमा सुधार
गति तीव्र
१०.
साइबर आक्रमण
सुरक्षा पर्खाल बलियो
राष्ट्र सुरक्षित
११.
डाटा मिसाइल
नीति लक्ष्यमा प्रहार
नवयुग सुरु
१२.
सेवाको वेग
एपमा राज्य उपस्थित
हातमै शासन
१३.
डिजिटल आँधी
पुराना ढाँचा ध्वस्त
नयाँ निर्माण
१४.
सूचना शक्ति
निर्णयमा तीव्रता
विकास अघि
१५.
नेटको नियन्त्रण
नागरिकको पहुँच
सेवा सहज
१६.
प्रणाली युद्ध
समन्वयको विजय
एकीकृत शक्ति
१७.
डाटा कवच
गोपनीयता सुरक्षित
विश्वास बलियो
१८.
स्मार्ट आक्रमण
मानव केन्द्रित सोच
सन्तुलन कायम
१९.
कोडको क्रान्ति
प्रशासन रूपान्तरण
दक्षता वृद्धि
२०.
डिजिटल जीत
सुशासनको उदय
नेपाल उज्यालो
प्रतिक्रिया