logo
  • २०८३ कार्तिक १५ | Sat, 31 Oct 2026
  • तिलाठी कोइलाडीमा कार्यरत दिपेन्द्र कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरि भ्रष्टाचारको अख्तियारद्वारा आरोपपत्र दायर

    तिलाठी कोइलाडीमा कार्यरत दिपेन्द्र कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरि भ्रष्टाचारको अख्तियारद्वारा आरोपपत्र दायर

    काठमाडौं। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका कार्यालयका तत्कालीन सव-इन्जिनियर (प्राविधिक सहायक) पदमा कार्यरत दिपेन्द्र कुमार झा भनिने दिपेन्द्र कुमारले सव-इन्जिनियर पदमा करार नियुक्ति लिने प्रयोजनका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्‍कली रहेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
    विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

    उनले सव-इन्जिनियर पदमा करार नियुक्ति लिनका लागि डिप्लोमा इन सिभिल इन्जिनियर एकेडेमीक ट्रान्सकिप्ट त्रिभुवन विश्वविद्यालयको वेस्टर्न रिजन क्याम्पस पोखराबाट उत्तीर्ण गरेको भनी चारित्ररीक प्रमाणपत्र समेतका नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको थियो।

    अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २, सोमबार १८:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP