logo
  • २०८२ बैशाख ११ | Thu, 24 Apr 2025
  • इन्टरनेटको तारलाई लिएर दुई सरकारी निकाय आमनेसामने

    इन्टरनेटको तारलाई लिएर दुई सरकारी निकाय आमनेसामने

    नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्दै आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । यससँगै फरक लक्ष्य र उद्देश्यसहित सञ्चालनमा आएका दुई सरकारी निकाय आपसी भिडन्तमा उत्रिन पुगेका छन् ।

    खास गरी, नेपाल विद्युत् प्राधिकरणले पोल भाडाको विवादलाई लिएर इन्टरनेट सेवा अवरुद्ध गर्दै आइरहेको छ । यही विषयलाई लिएर दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाहीको चेतावनी दिएको हो ।

    Dur-sanchar

    उक्त ऐनको दफा ४७ बमोजिम दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानी/नोक्सानी पुर्‍याउनु कानुन विपरीत हुन्छ । यही कानुनी आधारमा टेकेर दूरसञ्चार विद्युत् प्राधिकरणमाथि खनिएको हो । प्राधिकरणले भने आफ्नो पोल प्रयोग गरेबापतको भाडा वृद्धि गरेको छ । तर, इन्टरनेट सेवा प्रदायकले भाडा तिर्न आनाकानी गरेपछि प्राधिकरणले पनि तार काटेर सेवा अवरुद्ध गर्दै आएको छ ।

    हाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिका लागि गाडेका पोल नै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्रयोग गर्दै आएका छन् । सोही कारण, विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेबापतको भाडा असुल गर्ने नीति लिएको छ । तर, इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गरेर सेवा दिएबापत तिर्नुपर्ने भाडा नतिरेपछि विद्युत् प्राधिकरणले सेवा नै अवरुद्ध गर्दै आइरहेको हो । यही विषयलाई लिएर दुई सरकारी निकाय आमनेसामने बनेका हुन् ।

    दूरसञ्चार प्राधिकरणले नेपालको संविधानको अनुसूची ५ मा दूरसञ्चार सेवा सङ्घको अधिकार क्षेत्रमा पर्ने स्मरण समेत गराएको छ । यस्तै, इन्टरनेट सेवा अत्यावश्यक सेवामा सूचीकृत भएको समेत दूरसञ्चार प्राधिकरणले जनाएको छ । आगामी दिनमा प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने/गराउने गरेमा प्रहरी चौकीमा उजुरी गर्न वा आफूलाई जानकारी गराउन समेत दूरसञ्चारले भनेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ माघ १९, बिहीबार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP