बोदेबरसाईन सप्तरीको बोदेबरसाईन नगरपालिका वडा कार्यालयले सार्वजनिक जग्गा संरक्षणका लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यक्तिले निजी रूपमा प्रयोग गरिरहेकोले वडा नम्बर -६ कार्यालयले एक्सनमा आएको छ ।
बोदेबरसाईन नगरपालिका वडा नम्बर-६ फुलकाही टोल अन्तर्गत हरि यादवको घर देखि पेटवन्हा डगर हुदै उत्तर सिराहा रोड सम्मको डगरमा वा ऐलानीमा लगाएको आँपको रुखहरु ७ (सात) दिन भित्र हटाई दिनु हुन वडा कार्यालयकाले जारी सूचना उल्लेख रहेको छ ।
मिति २०८३ बैशख ३० गते कार्यालयले निकालिएको सूचनामा वडा अध्यक्ष राजकुमार यादवले हस्ताक्षर रहेको छ ।
वडा कार्यालयका अनुसार सार्वजनिक जग्गाको संरक्षण दायित्व वडा कार्यालयको रहेकोले सूचना प्रकशन गरेको जनाएको छ ।

प्रतिक्रिया