logo
  • २०८२ असार ३२ | Wed, 16 Jul 2025
  • आँपको धेरै मांग हुने समयमा बिक्री छैन, सप्तरीका कृषकहरु चिन्तित

    आँपको धेरै मांग हुने समयमा बिक्री छैन, सप्तरीका कृषकहरु चिन्तित

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन।आँप पाक्ने मुख्य सिजन सुरु भएपनि बजार अभावमा सप्तरीका आँप उत्पादक किसानहरु चिन्तित भएका छन् । आँप व्यवसायीमा सलग्न कृषकहरूका अनुसार स्वदेशी आँपको मुख्य सिजन जेठ १५ देखि साउन १५ सम्म हो। यहाँ खाद्य नियमअनुसार प्रतिवन्धित हानिकारक विषादी ‘कार्वाइड’ प्रयोग गरेर पकाइको हो। भने ‘‘अफवाहका करण उपभोत्ताले आँप खरिदमा रुची नदेखाउँदा कृषकहरुको आँप रुखबाट झरेर कुहिन थालेको छ।”

    समयमा बजार पठाउन नपाउदाँ आँप नष्ट गर्न बाध्य भएका छन्,यहाँ किसान। जिल्लाको खडक नगरापलिका,सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका, कृष्णा सरवन अन्निसाईर गाउँपालिका, तिरहुत गाउँपालिका क्षेत्रमा आँपको व्यवसायीक खेती हुने गरेकाछन्। भने जिल्लाभरी अन्य ठाउँमा पनि प्रसस्त मात्रामा आँपको बोट लगाउने गरिन्छ। यहाँको आँप मिठो स्वादिलो हुने गरेको छ।

    आँपको ब्यापार हुने मुख्य ठाउँ संघिय राजधानी काठमाण्डौ हो। सो बाटोमा लाग्ने जाम र ट्रफिक प्रहरी ठाँउ ठाँउमा खोजने अनलाईन बिलले घण्टो समय अनावश्यक रुपमा रोकिने गरको कृषक मो.फिरोजले बताए। उहाँले खडक नगरपालिका—६ मा आफनो जग्गा र लिजमा गरि एकसय पँचास विघा खेतमा व्यवसायिक रुपमा आाप उत्पादजन गर्दै आएका छन्। तर सरकारले आँप उत्पादक कृषकलाई सरकारले कुनै सोहलित दिएको छैन्।‘‘फिरोजले भने आँप फलाउन सालभरी जिउ ज्यानको प्रभाव नगरी दिनरात आँप बगैचामा समय दिन्छौ, तर प्रतिफल पाउने समयमा सरकारी निकायले अनावश्यक दुःख दिने गरको सुनाए, उहाँले सरकारले लगानी नगर्ने तर आँप सिजनेवल मिठो फल हो, पाँकेपछि थोरै समयमा कुहिने गर्छ, तर अनलाईन बिल खोज्ने यो प्रवृत्तिले गाडीमा लोड भएको आँप समयमा ठाउँमा पुग्न समस्या भई रहेको बताउनुभयो।”

    खाँदा मीठो मानिने हुँदा आँपलाई ‘फलको राजा’ पनि भनिन्छ । आँप उत्पादनमा अवल मानिएका सप्तरीका किसान सरकारी निकायबाट कुनै प्रावधिक सहयोग पाउन सकिरहेका छैन। त्यसलैगर्दा आँपको नमिठो व्यपार भइरहेको कृषकहरुको गुनासो रहेका छन्।

    खडक नगरपालिका वडा नम्बर—६ का वडा अध्यक्ष मो. कलामुद्धीनले भने चुरेपहाडको तल हाम्रो वडाको भुगोल छ। यहाँ सिंचाई अभावमा धानबाली किसानले लगाउन सकिरहेका छैन। यहाँका किसान अधिंकास ठाउँमा विभिन्न प्रजातिका आँपको बोट लगाएर गुजारा गरि रहेकोे छ। तर कृषकहरु वर्षभरी आँपको रुखमा गोडमेल गरेर राम्रो उत्पादन लिन्छ, बिक्री गर्ने बेलामा राम्रो प्रतिफल पाउन सकिरहेका छैन। वडा अध्यक्ष कलामुद्धिनले भने यहाँ राज्यले विषादी परिक्षण गर्ने संयन्त्र बनाको छैन, यहाँ प्राकृतक रुपमा पाकेको आँपमा ‘कार्वाइड’प्रयोग गरि पकाएको छ, अफवाहमै उचित रेट पाउन कृषकलाई समस्या भई रहेको बताउनुभयो।

    स्थानीय कृषक गुलटेन चौधरीले भने हाम्रो ठाउँमा आँपको प्रशसत आँप उत्पादन भई हेपनि बजार अभावमा सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुन्छौ।, आाप समय भएपछि पाकेर भििmिर्ने फल हो। सरकारले विषादी परिक्षण गरेर न्युनतम समर्थन मूल निर्धारण गरि किन्नु पर्ने बताए। विषादीको हाउगुजी मचाएर बोटमै फल कुहाउनु हुदैँन उनले भने।

    यता खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनय सोनुले कृषकले प्रावधिक ज्ञान सिपको अभावमा स्वलगानी गरि राम्रो उत्पादन लिई रहेको बताए।उहाँले भने उचित बजार ब्यवस्थापनका लागि सरोकारवलाहरले ध्यान दिनुपर्ने जोडदिनुभयो। खडक नगरपालिकाले आँप उत्पादक कृषकहरुको लागि आउँदो आर्थिक वषको निति कार्यक्रममा सम्बोधन हुने अधिकृत सोनुले बताए।

    आयुर्वेदमा उल्लेख गरिएअनुसार आँप काँचो होस् अथवा पाकेको किन नहोस् दुवैमा औषधिको गुण हुन्छ । यसले मुटु र पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्दछ । आँप सेवनले अनुहारको चाउरीपन समेत हटाउन सहयोग पुरयाउँछ भनिन्छ । तर, यसको मीठोपनले आँपप्रति आकर्षित उपभोक्ताका लागि सरकारले आँपको बजार ब्यवस्थित गर्न नसक्दा सधैँ विषाधी मुक्त आँप पहिचान गर्न समस्या भई रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २, सोमबार १७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP