logo
  • २०८३ जेष्ठ ९ | Sat, 23 May 2026
  • नामको लागि उपभोक्ता समिति गठन : योजना स्थलमा योजनाको सूचना पार्टी छैन

    नामको लागि उपभोक्ता समिति गठन : योजना स्थलमा योजनाको सूचना पार्टी छैन

    लोकेन्द्र  प्रसाद यादव
    बोदेबराईन । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर- १० अमरैयाँ स्थित महराजी पोखरीमा रिटेनिंग वॉल निर्माण कार्यमा गुणस्तरीयहिन सामग्री प्रयोग र अपारदर्शी रूपमा काम भइरहेको छ ।
    योजना कार्यान्वयन स्थलमा योजनाको सूचना पार्टी समेत लगाएको छैन । उपभोक्ता समितिले काम गरिरहेका कामदारलाई एस्टीमेट , डिजाइन समेत दिएको छैन ।

    स्थानीय रामअषिश यादवले वाँल निर्माणमा दुई नम्बर इटाँ प्रयोग भइरहेको गुनासो गरेपछि स्थलगत पुगेका बोदेबरसाईन नगरपालिकाका भाैतिक पूर्वाधार शाखाका सव-ईन्जिनियर शुरेश कुमार यादवले तत्कालै उपभोक्ता समितिलाई दुई नम्बर इटाँ हटाउन निर्देशन दिनुभयो । यता स्थानीयले दस दिन अगाडि देखि नै निर्माणकार्य भइरहेकाले अत्यधिक दुई नम्बर इटाँ प्रयोग भएको आरोप लगाए ।

     

    स्थानीय विद्यासागर साहले बाल निर्माणका लागि गरिएको सोलिङ्गमा थिक्नेस नपुगेको आरोप लगाउनु भयो ।

    नामको लागि उपभोक्ता समिति गठन, इटाँ पनि  वडा अध्यक्षकै आफ्नै भठाको प्रयोग

    महराजी पोखरीमा १९.३ मिटर लामो रिटेनिंग वॉल नामको लागि उपभोक्त समिति गठन गरेको पाइएको छ । उपभोक्ता समितिका अध्यक्ष घुटर यादवले सबैकाम वडा अध्यक्ष आफैले गराई रहेको बताउनुभयो । उनले भने कुन समान कतिमा ल्यायो , कतिमा मिस्री गरियो हामीलाई केही थाहा नभएको बताए ।

    यता वडा अध्यक्ष सुनित कुमार यादवले उपभोक्त समितिलाई निर्माण सामग्री दिलाउन आफू गैरेन्टी बसेको बाँकी काम उपभोक्ता समितिले नै गराई रहेको बताए । २ नम्बर इटाँ आफ्नै भट्टाको प्रयोग गर्नुभयो प्रश्नमा ? हो मुरो ठुलो दाईको नाममा इटाँ भट्टा रहेको स्वीकारे तर केही  इटाँ   दुई नम्बर लेबरले लोड गरेको होला तर हामी नियत वस दुई नम्बर ईटाँ लगाएका छैनौं वडा अध्यक्ष यादवले भने  ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख ३१, बिहीबार १६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP