logo
  • २०८३ श्रावण १२ | Tue, 28 Jul 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.

    शान्त मनभित्र
    आत्माको दीप जल्छ
    अन्धकार हरायो।

    २.

    मौन प्रार्थना
    हावासँग मिसिन्छ
    ईश्वर नजिक।

    ३.

    आँसु बगेर
    पवित्र नदी बन्छ
    हृदय धुन्छ।

    ४.

    एक श्वासभित्र
    अनन्त ब्रह्माण्ड छ
    म मौन भएँ।

    ५.

    ध्यानको बाटो
    आफैँतर्फ फर्किन्छ
    सत्य उज्यालो।।

    ६.

    मन्दिर छैन
    मन नै देवालय
    भित्र भगवान।

    ७.

    आकाश खाली
    तर पूर्णता बोल्छ
    शून्य संगीत।

    ८.

    चेतनाको फूल
    आँखा बन्द हुँदा फुल्छ
    आत्मा हाँस्छ।

    ९.

    प्रार्थनाको ध्वनि
    हावामा हराउँछ
    तर पुग्छ ऊ।

    १०.

    अहंकार झरे
    मन हलुका भयो
    शान्ति बग्छ।

    ११.

    मौन सागरमा
    सत्य डुबेर उठ्छ
    प्रकाश बन्छ।

    १२.

    एक बत्तीमा
    अनन्त उज्यालो छ
    जीवन बुझियो।

    १३.

    हृदय खोल्दा
    सबै एकै रूप छ
    भेद हरायो।

    १४.

    धैर्यको रुख
    भित्रबाट बढ्छ यो
    आत्मा स्थिर।

    १५.

    जीवन यात्रामा
    म आफैँ खोजिरहेछु
    म भित्र म छु।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण १२, मंगलवार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP