logo
  • २०८२ असार ३२ | Wed, 16 Jul 2025
  • सिरहा प्रहरी : फाइनान्समा भएकाे डकैतीमा संलग्न श्रीदेव दुई वर्षपछि पक्राउ

    सिरहा प्रहरी : फाइनान्समा भएकाे डकैतीमा संलग्न श्रीदेव दुई वर्षपछि पक्राउ

    सिरहा। सिरहाको धनगढीमाई नगरपालिका-११, छपराडीस्थित गोर्खाज फाइनान्सको कार्यालयमा दुई वर्षअघि भएको डकैती घटनाका मुख्य प्रतिवादी पक्राउ परेका छन् । डकैतीका मुख्य प्रतिवादी लहान नगरपालिका-२० का ४५ वर्षीय श्रीदेव महतो पक्राउ परेका हुन् ।

    महतोलाई बरियारपट्टी गाउँपालिका-३ चमार टोलबाट शनिबार साँझ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । उनलाई सिरहा जिल्ला अदालतमा पेश गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताएउनुभयाे ।

    महतोलगायतको एक समूह २०७९ चैत १४ गते राति करिब सबा १२ बजेको समयमा नाकाब धारण गरेर गोर्खास फाइनान्सको कार्यालयमा पसेका थिए । उनीहरूले कार्यालय भवनको तल्लो तल्लामा बस्ने कर्मचारीहरूलाई पेस्तोल तथा धारिलो हतियार देखाएर कुटपिट गर्दै नशाको सुईसमेत लगाई लुटपाट गरेका थिए ।

    उनीहरूले सो क्रममा २ लाख ५७ हजार २ सय ७९ रूपैयाँ नगद र तीन थान मोबाइल लुटपाट गरी लगेका थिए । यस्तै, उनीहरूले कार्यालयको जिन्सी सामानहरूसमेत तोडफोड गरी १० लाख २८ हजार ७ सय १४ रूपैयाँको क्षति पुर्‍याएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    यो घटनामा प्रहरीले चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराध शिर्षकमा ११ जनाविरूद्ध मुद्दा चलाएको थियो । जसमा यसअघि नै तीन जना पक्राउ परिसकेका छन् । यसमध्ये दुई जना पूर्पक्षका लागि कारागारमा छन् भने एकजना धरौटीमा रिहा भएका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार २३:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP