सिरहा: जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ठाडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट लागुऔषध ल्याउँदै गरेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा भगवानपुर गाउँपालिका–४ स्थित ठाडी बजारमा चेकजाँच गर्दा भारततर्फबाट आएका दुईवटा मोटरसाइकलमा सवार व्यक्तिहरूलाई खानतलासी गर्दा एकजनाको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध ४० ग्राम बरामद गरिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी जिल्ला मझौरा पथराही निवासी ४० वर्षीय राम नारायण साह (BR 32 AD 6993 मोटरसाइकल चालक) र सोही जिल्लाका गोईत प्रसाही निवासी २७ वर्षीय राजन बाबु साह (BR 32 AK 6301 मोटरसाइकल चालक) रहेका छन्।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि म्याद लिई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद प्राप्त गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासमानले दिनुभयो।
प्रतिक्रिया