logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

    १.

    मन उज्यालो
    अन्धकार चिरेर उठ्छ
    मानव जन्मिन्छ।

    २.

    लोभको ज्वाला
    चेतनाले निभाउँछ
    शान्ति फुल्छ फेरि।

    ३.

    विवेकको दीप
    भित्रैबाट बल्छ जब
    पथ स्पष्ट हुन्छ।

    ४.

    अहंकार ढल्छ
    सत्यले स्पर्श गर्दा
    मानव जाग्छ।

    ५.

    मनको प्रकाश
    द्वेषलाई गलाउँछ
    प्रेम मात्र बाँच्छ।

    ६.

    चेतनाको शिखर
    आत्मा देख्छ आफैंलाई
    मौन ज्ञान बग्छ।

    ७.

    धैर्यको श्वास
    आँधीबीच अडिग छ
    उज्यालो मन।

    ८.

    करुणा फुल्छ
    मन शुद्ध हुँदा मात्रै
    मानव पूर्ण।

    ९.

    अन्तर्मन बोल्छ
    संसारभन्दा ठूलो
    त्यही सत्य हो।

    १०.

    प्रकाशित मन
    समाजलाई डोर्याउँछ
    शान्ति सम्भव छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख २८, सोमबार २१:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP