logo
  • २०८३ कार्तिक १० | Mon, 26 Oct 2026
  • ‘दिगो विकासका लागि ग्रामिण महिलाको सशक्तीकरण आवश्यक’

    ‘दिगो विकासका लागि ग्रामिण महिलाको सशक्तीकरण आवश्यक’

    सिरहा, २९ असोज ः १८ औं अन्तराष्ट्रिय ग्रामिण महिला दिवस तथा ४५ औं अन्तराष्ट्रिय
    खाद्य दिवसको अवसरमा आज लहान–१५ को पर्यटकीय क्षेत्र हात्तिदह परिसरमा आयोजित कृषि
    रूपान्तरणमा ग्रामिण महिला र युवा किसानको योगदान र भूमिका विषयक अन्तरक्रिया
    कार्यक्रममा बोल्ने वक्ताहरूले दिगो विकासका लागि ग्रामिण महिलाको सशक्तीकरण
    अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

    लहान नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा आयोजित संयुक्त कार्यक्रममा
    प्रमुख अतिथि महासंघका महासचिव महानन्द सापकोटाले सरकारसँग सहकार्य गर्दै किसानको
    जीवनस्तर उकास्दै दिगो विकास गर्न महासंघले निरन्तर प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।
    उहाँले भन्नुभयो,“कृषि, खाद्य सुरक्षा, ग्रामिण विकास तथा गरिबी निवारणमा योगदान दिन, र
    दिगो विकासका लागि आवश्यक वातावरणीय, आर्थिक तथा सामाजिक परिवर्तन ल्याउन ग्रामिण
    महिलाको सशक्तीकरण अत्यावश्यक छ ।”

    उहाँका अनुसार संरक्षण परियोजना अन्तर्गत देशभर चार सय ८० स्थानीय तह, ७० जिल्ला र सातै
    प्रदेशमा ग्रामिण महिला समूह गठन गरी उनीहरूलाई उत्पादन र आम्दानीमा आत्मनिर्भर
    बनाउन सहयोग पु¥याइएको छ ।

    कार्यक्रममा महासंघका केन्द्रीय निर्देशक केदार कोइरालाले सामुदायिक वनसँग समन्वय गदैर्
    संरक्षण परियोजना अन्तर्गत कृषि र वातावरण सुधारमा गरिएका कार्यहरूको जानकारी दिनुभयो ।
    स्थानीय महिला अगुवा विनिता चौधरीले जल, जंगल र जमिनको संरक्षण गर्दै पशुपालन,
    माछापालन र कृषि उत्पादनमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग मिलेको
    अनुभव सुनाउनुभयो ।

    कोइरालोखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार
    क्षेत्रको संरक्षणसँगै वातावरण सुधारमा महिलाको सक्रिय भूमिका रहेको बताउनुभयो ।
    लहान—१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले ग्रामिण महिलाको आर्थिक सशक्तीकरणका
    लागि वडाले विभिन्न संघ–संस्थासँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय
    स्रोतसाधनको पहिचान गरी त्यसबाट आर्थिक लाभ लिन सक्नु उपलब्धि भएको उल्लेख गर्नुभयो
    ।

    डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले महिलाहरूले सामुदायिक
    वनबाट उत्पादन हुने हस्तकलाका सामाग्रीमार्फत आम्दानी गर्न थालेको उल्लेख गर्दै
    संरक्षण र जीविकोपार्जनमा उनीहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
    कार्यक्रममा सन २०२५ को नाराअनुसार “महिला किशोरीहरूको लागि अधिकार, समानता र
    सशक्तिकरण” लाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।———

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन २९, बुधबार २३:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP