logo
  • २०८२ फाल्गुन १८ | Mon, 02 Mar 2026
  • जनमत नेता दिनेश यादव रास्वपा प्रवेश

    जनमत नेता दिनेश यादव रास्वपा प्रवेश

    बोदेबरसाईन। जनमत पार्टी नेता दिनेश यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

    बुधबार बोदेबरसाईन नगरपालिका वडा नम्बर-९ स्थित देउरी गाउँमामा आयोजित कार्यक्रममा यादवसहितले पार्टी प्रवेश गरेका हुन् ।

    उनीहरूलाई रास्वपा सप्तरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार सिताराम साह र रास्वपाका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार खगेन्द्र कर्णले पार्टीमा स्वागत गरे ।

    यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत पार्टीबाट वडा अध्यक्ष उम्मेदवार थिए ।

    यादव प्रवेश संगै रास्वपा पार्टीको चुनावी अभियान बलियो भएका छन्।

    उक्त पार्टी प्रवेश कार्यक्रममा रास्वपााका नेताहरू दयानन्द गोईत, इन्जिनियर राजु यादव,  सुरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन १३, बुधबार २३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP