logo
  • २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • ‘भारत जोडो’ यात्राका क्रममा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु

    ‘भारत जोडो’ यात्राका क्रममा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु

    कांग्रेस पार्टीको ‘भारत जोडो’ यात्राका क्रममा मंगलबार महाराष्ट्र सेवा दलका महासचिव कृष्णकुमार पाण्डेको निधन भएको छ ।

    कृष्णकुमार पाण्डेको हृदयघातका कारण निधन भएको हो । कांग्रेस पार्टीले विज्ञप्ति जारी गर्दै पाण्डे पदयात्राका क्रममा लडेको बताएको छ । उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    कांग्रेसका वरिष्ठ नेता तथा पार्टी महासचिव जयराम रमेशले भने, ‘भारत जोडो यात्राको ६२ औं दिनको बिहान कृष्णकुमार पाण्डे राष्ट्रिय झण्डा बोकेर दिग्विजय सिंह र मसँगै हिँडिरहेका थिए, केही मिनेटपछि उनले अर्को सहयोगीलाई झण्डा दिए र उनी गए । त्यसपछि उनी बेहोस भए र एम्बुलेन्समा अस्पताल लगिए । त्यहाँ उनलाई मृत घोषित गरियो ।’

    जयराम रमेशले भने, ‘उनी कट्टर कांग्रेसी थिए र नागपुरमा आरएसएस विरुद्ध लड्ने गर्थे ।’राहुल गान्धीले पनि कृष्णकुमार पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले ट्विट गर्दै लेखेका छन्, ‘कांग्रेस सेवा दलका महासचिव कृष्णकान्त पाण्डे जीको निधनले सम्पूर्ण कांग्रेस परिवारलाई धेरै दुःख लागेको छ । म उहाँका प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु । आज यात्राका बेला अन्तिम समयमा उनले हातमा झण्डा बोकेका थिए । उहाँको देशप्रतिको समर्पणले हामीलाई सधैं प्रेरणा दिनेछ ।’

    राहुल गान्धीको भारत जोडो यात्रा सोमबार राति महाराष्ट्रमा प्रवेश गरेको छ । राहुल गान्धी आगामी १५ दिनसम्म महाराष्ट्रमा पैदल यात्रा गर्नेछन् । यो यात्राले महाराष्ट्रका १५ विधानसभा र ६ संसदीय क्षेत्रलाई समेट्नेछ । राहुल गान्धीले महाराष्ट्रमा करिब ३८० किलोमिटरको दूरी तय गर्नेछन् ।

    कांग्रेस पार्टीका अनुसार भारत जोडो यात्रा नोभेम्बर २० मा महाराष्ट्रबाट मध्य प्रदेशमा प्रवेश गर्नेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ कार्तिक २२, मंगलवार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP