logo
  • २०८२ बैशाख ६ | Sat, 19 Apr 2025
  • अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

    दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना रहेको सीएनएनले जनाएको छ । गत शुक्रबार अमेरिकी भूमिमा अवतरण भएको यो आँधीले सयौँ घर र व्यवसायहरूलाई आंशिक तथा पूर्णरूपमा ध्वस्त पारेको थियो ।

    अर्कान्सासका मेयर जेनिफर हब्सका अनुसार, अर्कान्सासको वेनमा चार जनाको मृत्यु भएको छ । आँधीले शहरको पश्चिमी सीमाबाट यसको पूर्वीसम्म विनाशको रेखा छोडेको थियो ।

    उनेले भने, “हामीलाई यी परिवारहरूलाई पुनः प्राप्त गर्न मद्दत गर्न सक्ने सबै सहयोगको आवश्यकता छ ।” अर्कान्सास, इन्डियाना र टेनेसीराज्यमा मृत्यु हुनेको संख्या आइतबार १५ पुगेको अधिकारीहरूले बताएका छन् ।

    मेम्फिस प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै दुई बालबालिका र एक वयस्कको मृत्यु भएको जनाएको छ । अर्कान्सासका गभर्नरले नर्थ लिटिल रकमा आँधीका कारण एक जनाको र वाइनमा दुई जनाको मृत्यु भएको जानकारीपछि बताएपछि शुक्रबार दिउँसो आपत्कालीन अवस्थाको घोषणा गरेका थिए ।

    सिएनएनका अनुसार खराब मौसमका कारण मिसौरीमा पनि आपत्कालीन अवस्था घोषणा गरिएको छ । उत्तरी इलिनोइसमा शुक्रबार राति बेल्भिडेरेस्थित एक नाट्यशालाको छाना भत्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २८ जनालाई अस्पतालमा भर्ना गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

    इन्डियाना स्टेट पुलिसका सार्जेन्ट म्याट एम्सका अनुसार इडियानाको सुलिभान कन्ट्रीमा शेरमेनबाट लगभग १५० माइल पूर्वमा रहेको आँधीका कारण तीन जनाको मृत्यु भएको छ । नेशनल वेदर सर्भिसले अर्कान्सास, इलिनोइस, इन्डियाना र टेनेसीका अतिरिक्त विस्कन्सिन, आयोवा र मिसिसिपीमा पनि आँधीको रिपोर्ट दिएको थियो । राष्ट्रिय मौसम सेवाका अनुसार आँधीको प्रणाली शनिबार बिहानै पूर्वतिर सर्दै गर्दा अलाबामा र जर्जियाका केही भागमा चक्रवातको चेतावनी जारी गरिएको छ । रातारात आएको चक्रवातले मिसिसिपीको रोलिङ फोर्कको अधिकांश भागलाई जलमग्न बनाएको छ ।

    जहाँ अनुमानित अधिकतम १७० माइल प्रतिघण्टाको दरमा आँधी आएको थियो ।

    अमेरिकी राष्ट्रपति बाइडनले गत हप्ता आएको आँधीका कारण सबैभन्दा बढी प्रभावित मिसिसिपी समुदायको रोलिङ फोर्कको भ्रमण गरेका थिए ।आँधीले रोलिङ फोर्क र आसपासका शाकी काउन्टीमा १३ जनाको ज्यान लिनुका साथै दर्जनौँ घर तथा व्यवसायलाई आँशिक वा पूर्णरूपमा क्षति पु¥्याएको छ ।-(रासस/एएनआई)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ चैत्र २०, सोमबार १३:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP