logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • जसपा वडा -२ को वडा कमिटी गठन अध्यक्षमा सत्य नारायण यादव सर्वसम्मत चयन

    जसपा वडा -२ को वडा कमिटी गठन अध्यक्षमा सत्य नारायण यादव सर्वसम्मत चयन

    बोदे बरसाईन। बोदे बरसाईन जनता समाजवादी पार्टी नेपाल बोदे बरसाईन नगरपालिका वडा नम्बर-२ वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ।

    सो वडा अधिवेशन मंगलबार भएको बन्दसत्रबाट अध्यक्ष पदमा सत्य नारायण यादवलाई सर्वसम्मत रूपमा चयन गरेको छ। नव निर्वाचित अध्यक्ष अध्यक्ष यादवको नेतृत्वमा २१ सदस्यीय वडा कार्यसमिति विस्तार गरेको छ।

    उक्त वडा अधिवेशन समाजवादी युवा संघका केन्द्रीय उपाध्यक्ष तथा बोदे बरसाईन नगरपालिका नगर प्रमुख आतेश सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सो अधिवेशनमा जसपा नेता अमरेन्द्र यादव, अरबिन्द्र यादव लगायतको उपस्थिति रहेको थियोे।

    सो अधिवेशनले बोदे बरसाईन नगरपालिकाको नगर अधिवेशनका लागि १३ सदस्य प्रतिनिधि र सप्तरी जिल्ला अधिवेशनको लागि ४ जना प्रतिनिधि समेत सर्वसम्मत छ्नोट भएको जसपा नेता मो. दाउदले जानकारी दिनुभयो।

    जनता समाजवादी पार्टी नेपाल सप्तरीले आगामी चैत ३० गतेसम्म जिल्लाका सम्पुर्ण वडा तथा पालिका अधिबेशन सक्ने भएको छ । जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा राजविराजमा शनिबार बसेको बैठकले वडा, गाउँपालिका तथा नगरपालिका अधिबेशन गर्ने निर्णय गरेको हो ।

    बैठकले चैत २५, २६ र २७ गते जिल्लाका सम्पुर्ण वडा अधिबेशन एकसाथ गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले चैत २८ र २९ गते जिल्लाका सबै गाउँपालिका तथा नगरपालिका अधिबेशन गरिसक्ने समेत निर्णय भएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र २७, बुधबार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP