logo
  • २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

     

    १.

    मरुभूमि धुवाँ
    शक्ति खेल गहिरो
    विश्व चकित।

    २.

    तेलको सुगन्ध
    राजनीति बलियो
    युद्ध नजिक।

    ३.

    सन्तुलन भत्क्यो
    बारुदले लेख्यो कथा
    शान्ति हरायो।

    ४.

    मध्यपूर्व तात्यो
    हित टकराउँदै
    विश्व काँप्यो।

    ५.

    ड्रोनको आकाश
    मरुभूमि चिरेर
    डर फैलियो।

    ६.

    आतंकको छाया
    विचारले युद्ध गर्यो
    मन बाँडियो।

    ७.

    धर्म र शक्ति
    एकै बाटो मिसिए
    द्वन्द्व बढ्यो।

    ८.

    होरमोज मौन
    तेलको नाडी रोकिन्
    विश्व थामियो।

    ९.

    प्रतिबन्ध कडा
    अर्थतन्त्र थलियो
    जनता पीडित

    १०.

    प्रोक्सी युद्ध
    छायामा खेल जारी
    शान्ति हरायो।

     

    ११.

    नेतान्याहू चेत
    सुरक्षाको नाममा
    आक्रमण भयो।

    १२.

    खामेनी पतन
    सत्ता शून्य डर फैलियो
    देश स्तब्ध।

    १३.

    महाशक्ति खेल
    सानो राष्ट्र पिसिन्छ
    न्याय मौन।

    १४.

    तेल मूल्य उकालो
    विश्व बजार काँप्यो
    जीवन महँगो

    १५.

    साइबर हमला
    अन्धकार फैलिन्छ
    सञ्जाल रोकिन्।

    १६.

    शरणार्थी भीड
    घरबार सबै गुम्यो
    आँसु मात्र।

    १७.

    संयुक्त आवाज
    शान्तिको अपिल गर्छ
    तर ढिलो।

    १८.

    नेपालको बाटो
    तटस्थ नीति रोज्छ
    सन्तुलन खोज।

    १९.

    संवादको शक्ति
    युद्धभन्दा बलियो
    आशा बाँकी।

    २०.

    अन्तिम सन्देश
    न्याय र सहअस्तित्व
    शान्ति सम्भव।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ २१, बिहीबार २०:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP