logo
  • २०८३ श्रावण ९ | Sat, 25 Jul 2026
  • हाइकु

    हाइकु

    हाइकु

     

    तोमनाथ उप्रेती

     

    १.
    साधनाको दीप
    अन्धकार चिर्दै जान्छ
    जीवन उज्यालो।

    २.
    निरन्तर अभ्यास
    मनलाई स्थिर बनाउँछ
    शान्तिको यात्रा।

    ३.
    अनुशासन फूल
    भित्रैबाट फुलिरहन्छ
    चरित्र सुगन्ध।

    ४.
    ध्यानको गहिराइ
    चेतनामा उज्यालो
    सत्यको झलक।

    ५.
    अस्थिर मनको
    लहरहरू थामिन्छन्
    दीप बलिरहेछ।

    ६.
    सिकाइको बाटो
    नम्रता साथमा लिए
    ज्ञान खुलिरह्यो।

    ७.
    धैर्यको नदी
    शिखरतिर बगिरहेछ
    उन्नति भेटियो।

    ८.
    अहंको बादल
    साधनाले हटाउँछ
    आकाश खुल्छ।

    ९.
    उद्देश्य स्पष्ट
    जीवन यात्रा सजिन्छ
    दीप मार्गदर्शक।

    १०.
    साधनाको प्रकाश
    मानव आत्मा जगाउँछ
    जीवन पूर्णता।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण २, शनिबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP