logo
  • २०८२ बैशाख ६ | Sat, 19 Apr 2025
  • विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता गर्नुपर्छ ( एमाले )

    विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता गर्नुपर्छ ( एमाले )

    काठमाडौं : सांसद विशाल भट्टराईले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता लिन माग गरेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए। विप्लव समूहले शान्तिपूर्ण तरिकाले नेपालको राजनीतिक बाटो रोजिसकेको भन्दै उनले कारबाही गर्नुको सट्टा प्रोत्साहन गर्न माग गरे।

    ‘नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहको भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीका लागि पत्र पठाएको हामीले सुनेका छौं। संचारमाध्यमबाट आएको यो समाचार सत्य हो भने सरकार यो कामबाट तत्काल पछि हट्न, उहाँहरुलाई काटेको पत्र फिर्ता लिन र उहाँहरुले जुन शान्तिपूर्ण तरिकाले राजनीतिक गर्न बाटो रोजिसक्नु भएको छ। यसलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण  गराउन चाहन्छु,’उनले भने।

    सांसद भट्टराईले कुनै बेला हिंसाको बाटो रोजी हतियार बोकेर सशस्त्र युद्धमा होमिएको सो समूहलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदै सहमति गरेर हिंसाको बाटो परित्याग गराएर शान्तिपूर्णको बाटोमा ल्याएको बताए।

    उनले ओली सरकारले गरेका कामलाई निरन्तर अगाडि बढाउनुको सट्टा गठबन्धन सरकारले विभिन्न बहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरि हिंसाको बाटो रोज्न बाध्य बनाएको भन्दै आपत्ती जनाए।

    उनले नेपालमा  हिंसाको बाटो रोज्‍ने कुनै पनि समूह नभएको दावी गरे। उनले भने, ‘ तराईको सिके रावत समूहलाई पनि नेपालको राष्ट्रिय राजनीतिक मूलधारमा ल्याइसकेपछि अब हिंसाको बाटो रोज्ने कुनै समूह छैन नेपालमा सब शान्तिको श्वास लिन पाइन्छ भन्ने नेपाली जनताले अनुभूति गरिरहेको बेला अघिल्ला सरकारले गरेका कामलाई निरन्तर अघि बढाउनुपर्ने बेलामा विभिन्न बहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरि त्यही बाटो रोज्नका लागि विवश बनाउने सरकार उत्दत भएको हो भने यो कामबाट तत्काल पछि हट्नुपर्छ। यसलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण  गराउन चाहन्छु।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ श्रावण १७, मंगलवार ०८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP