logo
  • २०८२ माघ १० | Sat, 24 Jan 2026
  • महोत्तरीमा आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या,एकजनालाई पक्राउ

    महोत्तरीमा आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या,एकजनालाई पक्राउ

    महोत्तरीमा आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा रहेका छन् ।

    महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए । वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

    घटनालगत्तै विजेन्द्र फरार भएका थिए । लुकिछिपी बस्दै आएका उनलाई पक्राउ गरिएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ फाल्गुन १५, सोमबार १०:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP