बोदेबरसाईन । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनादेवी साहका सुपुत्र सव-इञ्जिनियर प्रज्जवल बिक्रम साह र राैतहटकाे राजपुर नगरपालिका- ४ का विमन साहकी सुपुत्री स्नातक तह अध्ययनरत तथा शिक्षक संगिता कुमारी साहकाे यहीँ बैसाख ७ गते रात्री लगनमा दाइजो मुक्त विवाह सम्पन्न भएकाे छ ।
नवविवाहित बरबधुलाई बधाई दिदै सप्तरी क्षेत्र ४ का प्रतिनिधि सभा सदस्य सिताराम साहले मधेसी समुदायमा जडाे गाडेर रहेकाे दाइजाे प्रथा अन्त्यका लागि याे कार्य भएकाे बताएका छन् । उनले समाजकाे क्यान्सरकाे रूपमा रहेकाे दाइजाे प्रथा अन्त्यका लागि यी यस्तै युवा पुस्ताकाे भूमिका महत्वपूर्ण रहेकाे बताएका हुन् । आमाबुवाले पनि आ-आफ्ना छाेराछाेरीकाे विवाहमा दाइजाे लेनदेन गर्नु दण्डनीय भएकाे बुझ्नु अपरिहार्य छ । दाइजाे प्रथा अन्त्यकाे शुभारम्भ भइसकेकाेले मधेसबाट याे कुप्रथा निर्मूल पार्न सबैकाे याेगदान अपरिहार्य भएकाे सांसद साहकाे भनाइ छ ।

यसैबीच प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने बताएकी थिइन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाहका निमन्त्रणापत्रमा अनिवार्य रूपमा ‘दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न समेत आग्रह गरेकी छन्।
इन्जिनियर प्रज्जवल साह र शिक्षिका संगिता कुमारी साहकाे नव विवाहीत जोडीले समाजमा राम्रो सन्देश दिइएको छ।
प्रतिक्रिया